संयुक्त राज्य अमेरिकाको प्रतिबन्ध हुँदाहुँदै पनि रसियासित एस-400 ट्रायम्फ प्रक्षेपास्त्र सौदासम्बन्धी कुराकानी जारी रहनेछ, भन्नुभयो रक्षा मन्त्रीले

रक्षा मन्त्री निर्मला सीतारमणले के भन्नुभएको छ भने, संयुक्त राज्य अमेरिकाले रसियामाथि  प्रतिबन्ध थोपेको भए तापनि रसियासित एस-400 ट्रायम्फ प्रक्षेपास्त्र सौदासम्बन्धी कुराकानी जारी रहनेछ। हिजो नयाँ दिल्लीमा श्रीमती सीतारमणले संवाददाताहरूसित कुराकानी गर्नुहुँदै भन्नुभयो, ट्रम्प प्रशासनको प्रतिबन्ध, वास्तवमा संयुक्त राज्य अमेरिकाको आफ्नो कानून हो, यो राष्ट्र संघको कानून होइन। रक्षा मन्त्रीले अगाडि भन्नुभयो, यस मुद्दामा भारतले संयुक्त राज्य अमेरिकासमक्ष आफ्नो स्थिति स्पष्ट गरेको छ।

श्रीमती निर्मला सीतारमणले स्थितिलाई स्पष्ट पार्नुहुँदै भन्नुभयो, रसियासित भारतको दशकौँ पुरानो सम्बन्ध छ अनि सरकारले भारतमा हालसालै आएका अमेरिकाली सांसदहरूको प्रतिनिधिमण्डललाई यसबारे स्पष्ट रूपमा बताएको छ।

मन्त्री महोदयाले भन्नुभयो, रसियासित एस-400 ट्रायम्फ प्रक्षेपास्त्र सौदासम्बन्धी कुराकानी लगभग पुरा भइसकेको छ।