राष्ट्रपतिले उच्च शिक्षण संस्थानहरू बीच परस्पर तालमेलमाथि बल दिनुभयो

राष्ट्रपति राम नाथ कोविन्दले भन्नुभएको छ, ज्ञान एक्लै बढ्न सक्दैन यसकारण हरेक उच्च शिक्षण संस्थान एका-अर्काको विकासमा सहभागी बन्नु आवश्यक छ। हिजो राष्ट्रपति भवनमा उच्च शिक्षाका 19 केन्द्रीय संस्थानहरूका कुलपतिहरू, निदेशकहरू अनि प्रमुखहरूको एक दिनको बैठकको समापन सत्रलाई सम्बोधित गर्नुहुँदै उहाँले भन्नुभयो, हरेक संस्थानको एक समृद्ध इतिहास छ। हाम्रा संवाददाताअनुसार, राष्ट्रपति महोदयले यो पनि भन्नुभयो कि यी संस्थानहरू निर्धनतालाई दूर गरेर भारतलाई मध्यम आय वर्ग भएको देश बनाउनको लागि सामाजिक अनि आर्थिक उद्देश्यहरूको पूर्ति गर्ने दिशामा प्रयासरत छन्।

श्री कोविन्दले भन्नुभयो, यी संस्थानहरूले विशेषज्ञता हासिल गर्नका साथ एका-अर्काबाट सिक्ने अनि सहयोग गर्ने प्रयास गर्नुपर्छ। उहाँले सहयोग निम्ति कार्यवाही योग्य साथै प्रभावी योजनाहरू बनाउने आह्वान पनि गर्नुभयो।

उल्लेखनीय छ, राष्ट्रपति 146 केन्द्रीय विश्व विद्यालयहरू अनि उच्च शिक्षा संस्थानहरूका भिजिटर हुनुहुन्छ।