ईरानेली अनि रसियाली प्रतिबन्धहरूको मामिलाको समाधान हुनेछ भनी भारतले आशा राखेको छ: संयुक्त राज्य अमेरिकामा भारतका राजदूत

संयुक्त राज्य अमेरिकामा भारतका राजदूत नवतेज सिंह सर्नाले भन्नुभएको छ, ईरानेली अनि रसियाली प्रतिबन्धहरूका दुइ प्रमुख मामिलाहरूले भारत अनि संयुक्त राज्य अमेरिका बीच सम्बन्धमा तगारो तेर्साइरहेको छ, तर यो मामिलालाई चाँडै सुल्झाइनेछ भन्ने आशा छ।

ईरानमाथि थोपिने प्रतिबन्धको फलस्वरूप, नोभेम्बर महिनादेखि भारतले ईरानबाट तेलको निर्यातलाई बन्द गर्नुपर्नेछ। श्री सर्नाले यस मुद्दालाई कुराकानी मार्फत सुल्झाइनेछ भनी आशा व्यक्त गर्नुभयो।

संयुक्त राज्य अमेरिका-भारत सामरिक अनि सहभागिता मञ्चको सर्वप्रथम वार्षिक नेतृत्व शिखर सम्मेलनमा बोल्नुहुँदै श्री सर्नाले भन्नुभयो, भारत अनि संयुक्त राज्य अमेरिका बीच सम्बन्धमा निरन्तर सुधार भइरहेको छ अनि प्रतिबन्धहरूको यो मामिलाको चाँडै समाधान हुनेछ।

ईरानमा चबहार बन्दरगाहको भारतद्वारा विकासबारे चर्चा गर्दै उहाँले भन्नुभयो, यो बन्दरगाह खोलिएपछि यसबाट संयुक्त राज्य अमेरिका पनि लाभान्वित हुनेछ।