जापानका प्रधान मन्त्री शिन्जो आबेद्वारा आपदामा बाँचेकाहरूसित भेटघाट

जापानका प्रधान मन्त्री शिन्जो आबेले सुक्रबार विध्वंसकारी आपदामा बाँचेकाहरूलाई भेट्नुभयो। भीषण वर्षका कारण बाढी र पहिरोमा परी 204 जनाको मृत्यु भएको छ।

श्री आबेले भन्नुभयो, स्थानीय प्रशासनले आपदा-ग्रस्त क्षेत्रहरूमा आपतकालीन सहायता र पुनर्निर्माण कार्यका लागि गर्नसक्ने सबै काम गरेको उहाँ चाहनुहुन्छ।

एकजना शीर्ष सरकारी प्रवक्ता योशिहिदे सुगाले बताउनु भएअनुसार, कम्तीमा पनि 28 जना अझैसम्म बेपत्ता छन्। उहाँले भन्नुभयो, प्रहरी तथा सेनाका जवानहरू लगायत लगभग 73,000 उद्धारकर्मीहरू ज्यान बचाउने दिशामा निरन्तर काम गरिराखेका छन्।