विम्बलडन: केविन एन्डरसन पुरुष एकलको फाइनलमा पुगे

विम्बलडन टेनिस च्याम्पियनशिपमा, हिजो राति सम्पन्न सेमीफाइनलमा अमेरिकाका जोन ईजनरलाई परास्त गरी  दक्षिण अफ्रीकाका केविन एन्डरसन पुरुष एकल प्रतिस्पर्धाको फाइनलमा पुगेका छन्। छ: घण्टा 35 मिनटसम्म चलेको म्याचमा आठौं वरीयताप्राप्त एन्डरसनले ईजनरलाई 7-6, 6-7, 6-7, 6-4, 26-24-ले परास्त गरे।

यसैबीच राफेल नडार र नोवाक जोकोविच बीचको  सेमीफाइनल हिजो स्थगन भएको थियो। यी दुइ बीचको सेमीफाइनल म्याच हिजो कै स्कोरबाट आज पुन: थालिनेछ।