राजनाथ सिंहले बाङ्गलादेशमा विविध मुद्दाहरूबारे चर्चा गर्नुहुनेछ

गृह मन्त्री राजनाथ सिंह तीन दिनको बाङ्गलादेश दौडहामा हिजो ढाका पुग्नुभयो। उहाँलाई उहाँका बाङ्गलादेशका समकक्षी असदूज्जमान खान कमालले स्वागत गर्नुभयो। श्री सिंहले बाङ्गलादेशका गृह मन्त्रीसित सुरक्षा, सीमा प्रबन्धन, गैर-कानूनी गतिविधिहरूको रोकथाम, अनि यात्रा व्यवस्थाको बारेमा कुराकानी गर्नुहुनेछ।    

श्री सिँहले एक ट्वीटमार्फत के जनाउनुभएको छ भने, दुवै देशहरूले जल र थल सीमानाहरूलाई शान्तिको क्षेत्र बनाउने दिशामा उल्लेखनीय प्रगति गरेका छन्। उहाँले भन्नुभयो, भारत मैत्री र विश्वासको आधारमा दुवै देशहरू बीच सम्बन्धहरूलाई मजबुत बनाउन उत्सुक छ।

आफ्नो यात्राको बेलामा गृह मन्त्रीले बाङ्गलादेशका प्रधान मन्त्री शेख हसिनासित पनि भेटघाट गर्नुहुनेछ। उहाँले बाङ्गलादेशका प्रधान मन्त्रीका साथ ढाकामा जमुना फ्यूचर पार्क स्थित एक नयाँ साथै अत्याधुनिक एकीकृत भारतीय भीसा केन्द्रको उद्घाटन गर्नुहुनेछ। श्री सिँहले श्रीमती हसिनासित रोहिङ्ग्या शरणार्थीहरूको मुद्दाबारे पनि चर्चा गर्नुहुने सम्भावना छ।

उहाँले बाङ्गलादेश प्रहरी अकदामीमा बाङ्गलादेश-भारत मैत्री भवनको संयुक्त रूपमा उद्घाटन पनि गर्नुहुनेछ।