प्रधान मन्त्री नरेन्द्र मोदीको पूर्व उत्तर प्रदेशको दुइ दिवसीय यात्रा आजदेखि सुरू

प्रधान मन्त्री नरेन्द्र मोदीले आजदेखि उत्तर प्रदेशको दुइ दिवसीय दौडाहा सुरू गर्नुहुनेछ। श्री मोदीले आज आजमगढमा 304 किलोमीटर लामो पूर्वाञ्चल एक्सप्रेस वे-को आधाशिला राख्नुहुनेछ। यस अवसरमा प्रधान मन्त्री महोदयले एक जनसभालाई पनि सम्बोधित गर्नुहुनेछ। हाम्रा संवाददाताअनुसार, श्री मोदीको यो दौडाहको उद्देश्य सम्पूर्ण राज्यको तीव्र विकास गर्नु हो।

प्रधान मन्त्रीले पछि वाराणसी ग्यास वितरण परियोजना जनतालाई समर्पित गर्नुहुनेछ अनि वाराणसी-बलीया ई एम यू रेल गाडीलाई रवाना गर्नुहुनेछ। उहाँको वाराणसीमा अन्तर्राष्ट्रिय समेल्लन केन्द्रको आधारशिला राख्ने कार्यक्रम पनि छ।

प्रधान मन्त्री महोदय आज राती प्रवास पश्चात् भोलि मिर्जापुर जानुहुनेछ। उहाँले त्यहाँ बान सागर नहर परियोजना राष्ट्रलाई समर्पित  गर्नुहुनेछ। यो परियोजनाले मिर्जापुर अनि इलाहाबाद जिल्लाहरूमा सिँचाई सुविधामा सुधार ल्याउनेछ।