आन्ध्र प्रदेशमा बन्दरगाहको निर्माण गर्ने केन्द्र सरकारको योजना

केन्द्रीय जहाजरानी मन्त्री नितिन गडकरीले आन्ध्र प्रदेश राज्यको प्रकाशम जिल्ला स्थित वडारेभुमा एक बन्दरगाहको निर्माण गर्ने केन्द्र सरकारको योजना रहेको बताउनुभएको छ। शुक्रबार विशाखापट्टनममा एक संवाददता सम्मेलनमा उहाँले भन्नुभयो, उहाँको मन्त्रालयले वडारेभुमा प्रस्तावित बन्दरगाह निम्ति 3,000 ऐकर भूमि आवन्टित गर्नको लागि आन्ध्र प्रदेशका मुख्य मन्त्रीलाई एक पत्र पठाउनेछ।

श्री गडकरीले भन्नुभयो, यसले सागरमाला परियोजना अन्तर्गत क्षेत्रमा बन्दरगाह केन्द्रित औद्योगिक विकासलाई बढुवा दिनेछ।

श्री गडकरीले नयाँ बन्दरगाहको निर्माणको निम्ति एक विशेष वाहनको निर्माणको प्रस्ताव पनि राख्नुभयो। उहाँले भन्नुभयो, विशाखापट्टनम बन्दरगाहले अझ अधिक भीड सम्हाल्न सक्दैन अनि क्षेत्रको औद्योगिक विकास निम्ति नयाँ बन्दरगाह आवश्यक छ।