नेपालको सिमिकोटमा फसेका अधिकांश कैलाश मानसरोवर तीर्थयात्रीहरूलाई निकालियो

नेपालको सिमिकोटमा खराब मौसमका कारण फसेका अधिकांश कैलाश मानसरोवर तीर्थयात्रीहरूलाई निकालिएको छ। मौसमको स्थितिमा सुधार आएर सिमिकोटबाट उडान सेवाहरू पुनः सुरू भएपछि 110 तीर्थयात्रीहरूलाई हिजो नेपालगञ्ज ल्याइएको छ। अहिले 12 जना मात्र सिमिकोटमा छन्। यदि मौसम सामान्य रहिरहेको खण्डमा यी 12 तीर्थयात्रीहरूलाई पनि आज त्यहाँबाट निकालिने छ। खराब मौसमका कारण गत आईतबारदेखि सिमिकोट र हिल्सामा लगभग 165 तीर्थयात्रीहरू फसेका थिए।

यसैबीच, नेपालगञ्ज-सिमिकोट-हिल्सा मार्गबाट कैलाश मानसरोवर यात्रा जारी छ। लगभग 60 तीर्थयात्रीहरू नेपालगञ्जबाट सिमिकोट पुगेका छन्।