तमिलनाडुका पूर्व मुख्य मन्त्री एम करुणानिधिप्रति मानिसहरूद्वारा श्रद्धाञ्जलि व्यक्त, प्रधान मन्त्री मोदी दिवङ्गत नेतालाई अन्तिम श्रद्धाञ्जलि दिन चेन्नई जानुहुँदैछ

तमिलनाडुका पूर्व मुख्य मन्त्री एवम् डीएमके पार्टी अध्यक्ष एम करुणानिधिको पार्थिव शरीरलाई मानिसहरूको अन्तिम दर्शनका लागि चेन्नई स्थित राजाजी हलमा राखिएको छ। प्रधान मन्त्री नरेन्द्र मोदी दिवङ्गत नेतालाई अन्तिम श्रद्धाञ्जलि दिन आज चेन्नई जानुहुँदैछ। 94 वर्षीय करुणानिधिको हिजो साँझ चेन्नई स्थित एक अस्पतालमा निधन भएको थियो।

केन्द्र सरकारले राजकीय सम्मानका साथ उहाँको अन्तिम संस्कार गरिने घोषणा गरेको छ। दिल्ली र सबै राज्यका राजधानीहरूमा राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ। गृह मन्त्रालयका एकजना प्रवक्ताले जनाएअनुसार केन्द्र सरकारले आज समग्र मुलुकमा राजकीय शोक मनाउनेछ। तमिलनाडु सरकारले शैक्षिक संस्थानहरूमा विदाको घोषणा गरेको छ। एआईएडीएमके सरकारले राज्यमा 7 दिने शोकको घोषणा गरेको छ।

यसैबीच मद्रास उच्च अदालतले तमिलनाडु सरकारद्वारा मरीना तटमा उहाँको अन्तिम संस्कार गर्न अनुमति नदिइएकोमा चुनौती दिने डीएमके पार्टीको याचिकामाथि सुनुवाई आज बिहान सम्मका लागि स्थगित गरेको छ। उच्च अदालतले याचिकामाथि राज्य सरकार र चेन्नई नगर निगमसित जवाफ मागेको छ।