सीबीआई-द्वारा फेसबुकबाट भारतीय नागरिकहरूको व्यक्तिगत विवरणको कथित गैर कानूनी उपयोगको मामिलामा क्याम्ब्रिज ऐनालिटिका विरूद्ध प्रारम्भिक जाँच सुरु

केन्द्रीय अन्वेषण ब्यूरो-सीबीआई-ले फेसबुकबाट भारतीय नागरिकहरूको व्यक्तिगत विवरणको कथित गैर कानूनी उपयोगको मामिलामा ब्रिटेनको कम्पनी क्याम्ब्रिज ऐनालिटिका र ग्लोबल साइन्स रिसर्च विरूद्ध प्रारम्भिक जाँच सुरु गरेको छ। अधिकारीहरूले जानकारी दिएअनुसार केन्द्र सरकारले यसबारेमा निर्देश दिएपछि सीबीआई-ले प्रारम्भिक जाँच सुरु गरेको छ। विधि एवम् सूचना प्रौद्योगिकी मन्त्री रविशंकर प्रसादले यस मामिलाको जाँच सीबीआई-लाई सुम्पिने जानकारी पछिल्लो महिना राज्यसभामा दिनुभएको थियो।