राष्ट्रले आज ‘भारत छोडो’ आन्दोलनको 76औं जयन्तीको पालना गर्दैछ

आज ‘भारत छोडो’ आन्दोलनको 76औं वार्षिकी हो। 1942-मा आजकै दिन राष्ट्रपिता महात्मा गान्धीले मुलुकबाट अङ्ग्रेजहरूलाई भारत छोडन बाध्य गराउनका लागि सबै भारतीयहरूलाई गर वा मर-को नारा दिनुभएको थियो। मुम्बईको ग्वालिया टैंकबाट यो आन्दोलन सुरु भएको थियो। आजको दिनलाई हरेक वर्ष अगस्ट क्रान्ति दिवसको रूपमा पालना गरिन्छ।

यस अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले मुलुकको स्वतन्त्रताका लागि आफ्नो प्राणको बलिदान दिने सबैलाई स्मरण गर्नुभएको छ। एक ट्वीट सन्देशमा श्री कोविन्दले भन्नुभयो, आज साँझ राष्ट्रपति भवनमा चिया-चमेनाको अवसरमा स्वतन्त्रता सेनानीहरूसित भेट गर्न उहाँ उत्सुक हुनुहुन्छ।

प्रधान मन्त्री नरेन्द्र मोदीले भारत छोडो आन्दोलनमा भाग लिने ती सबै महान महिला र पुरूषहरूको सम्झना गर्नुभएको छ। श्री मोदीले ट्वीटरमा पूर्व प्रधान मन्त्री अटल बिहारी वाजपेयीको ‘भारत छोडो’ सम्बन्धी एक कविता साझा गर्नुभएको छ।