राज्यसभामा आज नयाँ उप-सभापतिको चुनाउ हुने

राज्यसभामा आज नयाँ उप-सभापतिको चुनाउ हुँदैछ। सत्तारूढ एनडीए-ले जनता दल यूनाइटेडका नेता हरिवंशलाई उम्मेद्वार बनाएको छ भने  विपक्षीले  कंग्रेसका बी के हरिप्रसादलाई उम्मेद्वार बनाएको छ। दुइ नेताहरूबीच प्रतिष्ठित संवैधानिक पदका लागि प्रतिस्पर्धा हुनेछ।

राज्यसभामा उप-सभापति पदका लागि चुनाउ, सदनको कार्यवाही सुरु हुनुभन्दा पहिले हुनेछ। राज्यसभामा वर्तमान सदस्यहरूको संख्या 244 छ र जीतका लागि 123 सदस्यहरूको समर्थनको खाँचो छ। सदनमा भारतीय जनता पार्टी 73 सदस्यहरूका साथ सबैभन्दा ठूलो पार्टी रहेको छ। कंग्रेससित 50 सदस्यहरू छन्। उपसभापतिको पद पछिल्लो महिना प्रोफेसर पी जे कुर्रियनको सेवानिवृत्त पछि रिक्त भएको थियो जसको कारणले यो चुनाउ गरिएको हो।