इंगल्यान्ड र भारत बीच दोस्रो टेस्टको पहिलो दिनको पारी वर्षाले बाधित

इंगल्यान्डको लर्ड्समा इंगल्यान्ड र भारत बीच दोस्रो टेस्टको पहिलो दिनको पारी वर्षाले बाधित हुँदा, यो म्याच आजदेखि सुरु हुने सम्भावना छ।

कुनै पनि टीमले आफ्ना एघार खेलाडीहरूका नाउँको अन्तिम सूची निकालेको छैनन्। खराब मौसमले गर्दा दोस्रो टेस्टको पहिलो दिन उनीहरूले टस गर्ने  मौका समेत पाएनन्।

बीबीसीको मौसम रिपोर्टअनुसार, आजको दिन मौसम असल रहने छ, तथापि दिउँसो पानी पर्ने सम्भावना  छ।

गत साता एजबैस्टनमा पहिलो म्याच जितेपछि आयोजक टीम हाल पाँच म्याचहरूको टेस्ट शृंखलामा 1-0-ले अगाडि रहेको छ।