जम्मू एवम् कश्मीरको पूंछमा सुरक्षा बलहरूद्वारा आतङ्ककारीहरूको शरणस्थलको पत्तो लगाई प्रचुर हात-हतियार र गोलीगठ्ठा बरामद

सुरक्षा बलहरूले जम्मू एवम् कश्मीरको पूंछ जिल्लामा आतङ्ककारीहरूको एउटा शरणस्थलको पत्तो लगाएर प्रचुर परिमाणमा हात-हतियार र गोलीगठ्ठाहरू बरामद गरेका छन्।

हिजो एउटा सुराक प्राप्त भए पछि चिपरियाँ इलाकाको काठ पन्जाल नालामा सेना र प्रहरीको एउटा संयुक्त खोजी अभियानकै परिमाण स्परूप यो सफलता प्राप्त हुन गएको हो।

बरामद गरिएका अस्त्र-शस्त्रहरूमा एउटा ए के-56 राइफल र त्यसका तीन म्यागजिनहरू, ए के-47 राइफलका 4 खाली म्यागजिनहरू, 14 ग्रेनेडहरू, ए के-47 राइफलका 273 राउण्ड गोली, पिस्तोलका 31 राउण्ड गोली र अन्य अस्त्र-शस्त्रहरू सामेल छन्।