इण्डोनेशियामा गएको खतरनाक भूकम्प पछिका शक्तिशाली पराकम्पनहरूबाट मानिसहरू माझ त्रास

इण्डोनेशियाको लोम्बोकमा चार दिन पूर्वको विनाशकारी भूकम्पमा परि 164 जनाको ज्यान जानका अतिरिक्त 1400 जना घाईते भए पछि उक्त पर्यटकिय  द्वीपमा बिहिबारको शक्तिशाली पराकम्पनले घटनास्थलबाट अन्यत्र सारिएका व्यक्तिहरू माझ त्रास फैलिएको छ।

अमेरिकी भूतत्व सर्वेक्षणले उक्त द्वीपको उत्तर पूर्वमा कम गहिराईको समुद्रमा एउटा 5.9 मापको भूकम्पन भएको बताएको छ। राष्ट्रिय आपदा एजेन्सीका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले आईतबार यता 355 पराकम्पनहरू भएको बताउनुभयो। यिनीहरूमा जबरदस्त कम्पन अनुभव गरिएको थियो।