एनआरआई लोग्नेहरूद्वारा त्यागिएका भारतीय महिलाहरूका लागि सहयोग राशीमा वृद्धि गरेर 4000 डलर बनाइएको छ: परराष्ट्र मामिला मन्त्रालय

परराष्ट्र मामिला मन्त्रालयले 13 मुलुकहरूमा एनआरआई लोग्नेहरूद्वारा त्यागिएका भारतीय महिलाहरूका लागि कानूनी एवम् वित्तीय सयोग राशीमा वृद्धि गरेर 4,000 डलर प्रति मुद्दा बनाएको छ।  

परराष्ट्र मामिला राज्य मन्त्री जनरल वी.के. सिंहले बिहीबार राज्यसभालाई बताउनुभयो कि भारतीय समुदाय कल्याण कोष (आईसीडब्ल्युएफ) दिशानिर्देशहरूमा संशोधन सेप्टेम्बर सन् 2017-मा गरिएको थियो जसको उद्देश्य, एनआरआई लोग्नेहरूद्वारा त्यागिएका महिलाहरूलाई वित्तीय एवम् कानूनी सहायता प्रदान गर्नु थियो।

यसअघि, यो सहयोग राशी विकसित मुलुकहरूमा 3,000 डलर प्रति मुद्दा थियो भने विकासशील मुलुकहरूमा 2,000 डलर प्रति मुद्दा थियो।

मन्त्री महोदयले भन्नुभयो, यो सहयोग राशी आवेदकको मुद्दा लड्नको लागि गठित प्यानलाई दिइनेछ वा मुद्दा दायर गर्नका लागि दस्तावेजी कामकाजमा महिलालाई मद्दत गरिराखेको भारतीय समुदाय संगठन, महिला संगठन वा गैर-सरकारी संगठनलाई प्रदान गरिनेछ। उहाँले भन्नुभयो विगत चार वर्षमा अमेरिका, ब्रिटेन, अफगानिस्तान, कोलम्बिया तथा सुडान लगायत 13 मुलुकहरूमा 43 महिलाहरू यसबाट लाभान्वित भएका छन्।