धितो पत्र बजारमा उर्लाउ जारी, सेनसेक्स 38,000-भन्दा माथि

भारतका धितो पत्र बजारहरूमा रेकर्ड उर्लाउको क्रम जारी रहे पछि बिहिबार मुम्बई धितो पत्र बजारको संवेदी सूचक सेनसेक्सले 38,000 अङ्कको सीमा नाघ्यो भने राष्ट्रिय धितो पत्र बजारको संवेदी सूचक निफ्टि पनि 11,500 अङ्क निकट पुग्न गयो।

सेनसेक्स 0.36 प्रतिशत अथवा 137 अङ्कको वृद्धिका साथ 38,024-मा पुग्न गयो। त्यसैगरी  निफ्टि पनि 0.18 प्रतिशत अर्थात् 21 अङ्कको वृद्धिका साथ 11471-मा पुग्यो।

मुम्बई धितो पत्र बजारमा मिडक्याप शेयरहरूको प्रदर्शन सेनसेक्सको भन्दा अधिक 0.59 प्रतिशत र स्मलक्यापमा चाँही 0.29 प्रतिशत वृद्धि भएको थियो।