आज राज्य सभामा तीन तलाक विधेयक पेश गरिने

आज सरकारले राज्य सभामा तीन तलाक विधेयकमाथि विचार-विमर्श र पारित गर्न यो विधेयक पेश गर्नेछ।

लोक सभाद्वारा अगावै पारित गरिएको यस विधेयकमा तीन संसोधनहरूका साथ माथिल्लो सदनबाट पारित गराउने लक्ष्य सरकारले राखेको छ।

हिजो केन्द्रीय मन्त्रीमण्डलले तीन  तलाक विधेयकमा कतिपय संशोधन गर्ने स्वीकृति प्रदान गऱ्यो जसमा अभियुक्तलाई मुद्दा अघि जमानत दिने प्रावधान सामेल छ।

मन्त्री मण्डलको बैठक पश्चात नयाँ दिल्लीमा पत्रकारहरूसित कुराकानी गर्नुहुँदै कानून मन्त्री रविशंकर प्रसादले मन्त्री मण्डलले मुस्लिम महिला वैवाहिक अधिकार संरक्षण विधेयकमा तीन संशोधनहरूको लागि स्वीकृति प्रदान गरेको बताउनुभयो।

राज्य सभामा आज पेश गरिने अन्य विधेयकहरूमा दिवालियापना र ऋणशोधन अक्षमता संहिता विधेयक सामेल छन्।

लोक सभामा आज सरकारले व्यक्तिगत ऐन संशोधन विधेयक र उपभोक्ता संरक्षण विधेयक पेश गर्नेछ।

आज संसदको वर्षाकालीन सत्रको अन्तिम दिन हो।