इजिप्टः उत्तरी सिनाइ प्रायःद्वीपमा भएको गोलीबारीमा सुरक्षा फौजले कम्तिमा १२ इस्लामिक उग्रवादीहरूलाई माऱ्यो

इजिप्टमा उत्तरी सिनाइ प्रायःद्वीपमा भएको मुठभेडमा सुरक्षा फौजले कम्तिमा १२ जना इस्लामिक उग्रवादीहरूलाई मारेको छ। एक सरकारी समाचार एजेन्सीले आइतबार भनेअनुसार सुरक्षा फौजले अल-अरिश शहरमा संदिग्ध उग्रवादीहरूको एक लुक्ने स्थलमा खानतलासी गर्दा गोली हानाहान सुरु भएको थियो।

इजिप्टले वर्षौंदेखि उग्रवादीहरूविरुद्ध लडाइँ गर्दै आएको छ, तर सिनाइ-आधारित विद्रोहले सन् २०१३-मा मुलुकको निर्वाचित तर विभाजित इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीको सत्तापलट भएपछि मजबुति पाएको थियो। फेब्रुअरी महिनामा इजिप्टले सिनाइ र मुलुकका अन्य भागहरूमा उग्रवादीहरूविरुद्ध व्यापक अभियान सुरु गरेको थियो।