पाकिस्तानः १५औँ नेशनल एसेम्बलीका नव-निर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गर्दै

पाकिस्तानमा १५औँ नेशनल एसेम्बलीका नव-निर्वाचित सदस्यहरूले आज इस्लामाबादमा संसद भवनमा शपथ ग्रहण गर्दैछन्। यसबाट नयाँ सरकारलाई सत्ता हस्तान्तरण र संक्रमणको प्रक्रिया सुरु हुनेछ।

नेशनल एसेम्बलीका सभामुख र उप-सभामुखका चुनाव बुधवार हुनेछ।

सिन्ध, खैबर पख्तुनख्वा र बलोचिस्तान विधान सभाहरूका उद्घाटन सत्रपनि आजनै बोलाइएको छ। सत्रहरूको दौरान प्रान्तीय एसेम्बलीहरूका लागि नव-निर्वाचित सदस्यहरूले पनि आ-आफ्ना पदको शपथ ग्रहण गर्नेछन्। तर, पञ्जाबका राज्यपालले प्रान्तीय एसेम्बलीको पहिलो सत्र बुधवार डाक्नुभएको छ।

यसैबिच, पाकिस्तान तहरीक-ए-इन्साफ 158 सीटहरूका साथ नेशनल एसेम्बलीमा सर्वाधिक ठूलो पार्टीको रूपमा सामुन्ने आएको छ। यसमा महिलाहरू र अल्पसंख्यकहरूका लागि आरक्षित सीटहरूपनि सामेल छन्। तर, पार्टी ३४२ सदस्यीय सदनमा साधारण बहुमतभन्दा अझ कमनै छ।

तहरीक-ए-इन्साफ पार्टीले स-साना पार्टीहरूको समर्थनले बहुमत साबित गर्ने अपेक्षा गरिएको छ। पार्टीले घोषणा गरेअनुसार इमरान खानले मुलुकको २१औँ प्रधान मन्त्रीको रूपमा १८ अगस्टका दिन शपथ ग्रहण गर्नु हुनेछ।

पाकिस्तान मुस्लिम लीग-एन ८२ सीटका साथ दोस्रो स्थानमा छ र पाकिस्तान पिपल्स पार्टी ५३ सीटका साथ तेस्रो स्थानमा छ।