केरलमा बाढीमा क्षतिग्रस्त भएका राहदानीहरू निःशुल्क बदली गरिनेछः सुषमा स्वराज

परराष्ट्र मन्त्री सुषमा स्वराजले केरलमा बाढीको बेला क्षतिग्रस्त भएका राहदानीहरू सरकारले निःशुल्क बदली गरिदिने घोषणा गर्नुभएको छ।

एक ट्वीट सन्देशमा श्रीमती स्वराजले भन्नुभयो, केरलमा आएको अभूतपूर्व बाढीले व्यापक क्षति भएको छ। उहाँले मानिसहरूलाई सम्बन्धित राहदानी केन्द्रहरूमा सम्पर्क गर्ने सल्लाह दिनुभएको छ।