सात राज्यहरूमा वर्षा र बाढीसित सम्बद्ध घटनाहरूमा ७७४ जनाको मृत्यु भइसकेको छः गृह मन्त्रालय

गृह मन्त्रालयले यो वर्ष मनसूनमा सात राज्यहरूमा वर्षा र बाढीमा परी ७७४ भन्दा धेरै मानिसहरूको मृत्यु भइसकेको जनाएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपदा कार्रवाई केन्द्रका अनुसार वर्षा र बाढीले केरलमा १८७, उत्तर प्रदेशमा १७१, पश्चिम बङ्गालमा १७०  र महाराष्ट्रमा १३९ जनाले ज्यान गुमाइसकेका छन्। वर्षा र बाढीले गुजरातमा ५२, असममा ४५  र नगाल्याण्डमा ८ जनाको ज्यान गइसकेको छ।

केरल र पश्चिम बङ्गालमा कुल २७ मानिसहरू अहिले पनि वेपत्ता छन् भने राज्यमा वर्षासित सम्बद्ध घटनाहरूमा अन्य २४५ घाइते भएका छन्।  महाराष्ट्रका २६, असमका २३, पश्चिम बङ्गालका २२, केरलका १४, उत्तर प्रदेशका १२, नगाल्याण्डका ११ र गुजरातका १० जिल्लाहरू वर्षाले प्रभावित भएका छन्।

असममा ११ लाख ४५ हजार मानिसहरू वर्षा र बाढीले प्रभावित भएका छन् भने २७,५५२ हेक्टेयर बाली नष्ट भएको छ। एनडीआरएफ-का १५ दलहरू राहत र उद्धार कार्यमा जुटेका छन्।