नेपालको वीरगन्जमा नेपाल-भारत साहित्य महोत्सव २०१८ सुरू

नेपालको वीरगन्जमा नेपाल-भारत साहित्य महोत्सव २०१८ सुरू भएको छ।

महोत्सवको उद्घाटन गर्नुहुँदै प्रदेश नम्बर २-का मुख्य मन्त्री मोहम्मद लालबाबु राउतले यसले भारत-नेपाल सम्बन्धहरूको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले दुवै मुलुकहरू बीच वर्षौं पुराना धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्धहरू रहिआएका छन् अनि यस साहित्यिक आदान-प्रदानले तिनीहरूलाई अझै हैंसे प्रदान गर्नेछ भन्नुभयो।

यस अवसरमा दुवै मुलुकका लेखकहरूलाई सम्मानित गरिने छ। भारत र नेपालबाट लगभग २५० जनाले यस दुइ दिने समारोहमा सहभागिता गरिराखेका छन्। कार्यक्रमको आयोजना भारत-नेपाल सहयोग मञ्चद्वारा गरिएको हो।