भारतीय रिजर्भ बैँकद्वारा जून महिनामा अमेरिकी मुद्रा ६.१८४ अर्ब डलरको खुद विक्री

भारतीय रिजर्भ बैँकद्वारा जारी एक तथ्याङ्कअनुसार यो शीर्ष बैँक यो वर्ष जून महिनामा लगातार तेस्रोपटक अमेरिकी मुद्राको खुद विक्रेता रहन जारी राखेको छ। यसले नगदी बजारमा अमेरिकी मुद्रामा ६.१८४ अर्ब डलर विक्री गऱ्यो।

यो महिनामा भारतीय रिजर्भ बैँकले नगदी बजारमा ४.०२० अर्ब अमेरिकी डलर खरीद गऱ्यो भने १०.२०४ अर्ब अमेेरिकी डलर विक्री गऱ्यो।  मे र अप्रिल महिनामा भारतीय रिजर्भ बैँकले क्रमशः ५.७६७ र  २.४८३ अर्ब अमेरिकी डलर खुद विक्री गरेको थियो।

भारतीय रिजर्भ बैँकले स्पष्टीकरण दिएअनुसार विदेशी मुद्रा बजारमा यसको हस्तक्षेपको उद्देश्य रुपियाँको अस्थिरतालाई रोक्नु हो र घरायसी मुद्राको स्तरलाई निसाना बनाउनु होइन। आर्थिक वर्ष २०१८-मा रिजर्भ बैँकले नगदी बजारबाट ३३.६८९ अर्ब अमेरिकी डलरको खुद खरीद गरेको थियो।

यसले नगदी बजारबाट ५.२०६८ अमेरिकी डलर खरीद गरेको थियो भने १८.३७९ अर्ब अमेरिकी डलर विक्री गरेको थियो। आर्थिक वर्ष २०१७-मा भारतीय रिजर्भ बैँकले खुद आधारमा १२.३५१ अर्ब अमेरिकी डलर खरीद गरेको थियो।