हैदराबादको एनआईएबी-ले किसानहरूको आय बढाउनमा योगदान दिनेछः केन्द्रीय मन्त्री हर्षवर्धन

केन्द्रीय विज्ञान एवम् प्रौद्योगिकी मन्त्री हर्षवर्धनले हैदराबादको राष्ट्रिय पशु जैवप्रविधि अनुसन्धान संस्थान, एनआईएबी-ले किसानहरूको आय बढाउने दिशामा योगदान दिने बताउनुभएको छ। उहाँ शनिवार संस्थानको नयाँ परिसरको उद्घाटन गरेपछि पत्रकारहरूसित बोल्दै हुनुहुन्थ्यो।

श्री हर्षवर्धनले किसानहरूका लागि एनआईएबी-को कार्यक्रम ‘मिलान’-को सराहना गर्नुभयो। उहाँले वैज्ञानिकहरूलाई अनुसन्धानमा ध्यानकेन्द्रीत गर्न आग्रह गर्नुभयो। उहाँले २०२२ सम्म किसानहरूको आय दोब्बर पार्न जनकेन्द्रीत र किसानकेन्द्रीत अनुसन्धान कार्य गर्न आह्वान गर्नुभएको छ।

एनआईएबी-का अधिकारीहरूले संस्थानको उद्देश्य जैवप्रविधिको उपयोग गर्नु र पशु स्वास्थ्य र उत्पादकतामा सुधारका लागि अत्याधुनिक क्षेत्रमा अनुसन्धान गर्नु रहको जनाएका छन्।