दोस्रो क्रिकेट टेस्टमा भारतको लज्जाजनक पराजय

लर्डसमा इङ्गल्याण्डसितको दोस्रो क्रिकेट टेस्ट म्याचमा भारतले आइतबार एक पारी १५९ रनको एउटा लज्जाजनक पराजयको सामना गर्नुपऱ्यो।

आइतबार म्याचको चौथो दिन इङ्गल्याण्डका तीव्र गतिका बलरहरू समक्ष भारतीय ब्याट्सम्यानहरूको केही चलेन र ४७ ओभरमा मात्र १३० रन बनाएर सबै खलाडीहरू आउट भए। दोस्रो पारीमा २३ रन दिँदै ४ विकेटहरू लिएर इङ्गल्याण्डका जेम्स एण्डरसनले म्याचमा आफूले लिएका विकेटहरूको संख्यालाई ९ विकेटमा पुऱ्याइ दिए। स्टुअर्ट ब्रोडले पनि ४४ रन दिएर ४ विकेटहरू लिए।

त्यसभन्दा अघि इङ्गल्याण्डले ६ विकेट गुमाएर ३५६ रनमा आफ्नो प्रथम पारीलाई अघि बढाउँदै सात विकेटमा ३९६-मा पुगे पछि पारीको घोषणा गरेको थियो। इङ्गल्याण्डका जेम्स वक्स १३७ रन बनाएर अविजित रहे।

यस म्याचको प्रथम दिनको खेल वर्षाले गर्दा लगभग पूरै बर्बाद भएको थियो तथापि इङ्गल्याण्डले एक दिन बाँकी रहँदै आरामले यो म्याच जित्यो।

अन्तिम स्कोर यस प्रकार छः-

भारत- १०७ र १३०

इङ्गल्याण्ड- प्रथम पारी ७ विकेटमा ३९६ रनमा पारीको घोषणा

यस विजयका साथै इङ्गल्याण्डले ५ म्याचहरूको टेस्ट शृङ्खलामा २-० को बढत हासिल गरेको छ।

तेस्रो टेस्ट १८ अगस्टको दिन नटिङ्घममा आरम्भ हुनेछ।