भिएतनाम ओपन ब्याडमिन्टनः फाइनलमा अजय जयराम शेसार हिरेन रूस्तावितोबाट पराजित

ब्याडमिन्टनमा, भारतीय खेलाडी अजय जयराम हिजो हो ची मिन्ह सिटीमा भएको भिएतनाम ओपनको पुरूष एकलको फाइनलमा पराजित भएपछि यस सिजनको आफ्नो पहिलो उपाधि जित्न असफल भएका छन्।

30 वर्षीय खेलाडी जयरामलाई इण्डोनेशियाका खेलाडी शेसार हिरेन रूस्तावितोले १४-२१ र १०-२१-को सोझो सेटमा पराजित गरे। पछिल्लो वर्ष लागेको गम्भीर चोटबाट ठिक भएपछि जयरामले यस म्याचमा वापसी गरेका हुन्।

विगत केही साताहरूमा भारतीय खेलाडीहरूले ब्याडमिन्टनको विभिन्न स्पर्धामा उपाधिको लागि प्रतिस्पर्धा गरेको यो तेस्रोपटक हो। गत आइतबार चीनको नानजिङ्गमा भएको विश्व च्याम्पियनशिपमा ओलम्पिकमा रजत पदक विजेता पी भी सिन्धुले रजत पदकमा चित्त बुझाउनु परेको थियो। यसभन्दा पहिलेको सातामा सौरभ वर्माले रसिया ओपन टूर सुपर १०० टुर्नामेन्ट जितेका थिए।