लोकतान्त्रिक नियमहरू उल्लंघन गरेकोमा हङ्गेरीलाई सजाय दिने पक्षमा यूरोपेली संसदको मतदान

यूरोपेली संघका सांसदहरूले लोकतान्त्रिक नियमहरूको उल्लंघन गरेकोमा हङ्गेरी सरकार विरूद्ध दण्डात्मक कार्यवाही सुरू गर्ने कुराको जोरदार समर्थन गरेका छन्।

यूरोपेली संघका नियमहरू अन्तर्गत कुनैपनि सदस्य देश विरुद्ध ल्याएको यस किसिमको पहिलो प्रस्तावको यूरोपेली संसदका दुई तिहाई सदस्यहरूले समर्थन गरे।

फ्रान्सको शहर स्ट्रासबर्गमा यूरोपेली संसदमा भएको यस अभूतपूर्व मतदानको परिणामस्वरूप यूरोपेली संघमा हङ्गेरीको मताधिकार खोसिन सक्छ।

यूरोपेली संघका आयुक्त जीन क्लड जंकरले मतदान पूर्व यूरोपेली संसदमा गर्नुभएको संघको स्थिति सम्बन्धी वार्षिक भाषणमा आयोगले ऐनको शासन विरुद्ध हुने सबै हमलाहरूको प्रतिरोध गर्ने बताउनुभएको थियो।

सन् २०१०-मा सत्तामा आगमन पछि देखिनै हङ्गेरीका प्रधान मन्त्री भिक्टर ओरबानले अदालतहरू, सञ्चार माध्यम र गैर-सरकारी समूहहरूमाथि चाप हालनका साथै यूरोपमा अवतरण गरी रहेका शरण चाहनेहरूलाई स्वीकार गर्न अस्वीकार गरी राख्नुभएको छ। यूरोपेली संसदले सदैव  यसको प्रतिवाद गरिराखेको भएतापनि ओरबानका आलोचकहरूले बताएको उहाँको यस बढ्दो तानाशाहीमाथि रोक लगाउन भने यूरोप असफल नै रहेको छ।