पाकिस्तानद्वारा उसको जल सीमाना भित्र माछा मारेको अभियोगमा १८ जना भारतीय मछुवाहरू पक्राउ

पाकिस्तानी अधिकारीहरूले सो मुलुकको जल सीमाना भित्र माछा मारेको अभियोगमा १८ जना भारतीय मछुवाहरूलाई पक्राउ गरेका छन्।

कराचीमा एकजना  अधिकारीले के बताए भने, यी मछुवाहरूलाई मंगलबार पाकिस्तान समुद्री सुरक्षा एजेन्सी (पी एम एस ए)-ले गिरफ्तार गरेको थियो र आज बन्दरगाह प्रहरीले तिनीहरूलाई न्यायीक म्याजिस्ट्रेट समक्ष पेश गर्नेछ। भारतीय मछुवाहरूका दुई माछा मार्ने डुँगाहरू पनि जफत गरिएको छ।

अब तिनीहरू आफ्नो सजाय पूरा गरेर अथवा पाकिस्तान सरकारद्वारा घोषणा गरिने सदाशयहरूको बलमा मुक्ति प्राप्त नगरेसम्म कराचीका जेलहरूमा बन्दी बनाई राखिएका अन्य सयौं भारतीय मछुवाहहरूको हिस्सा बन्ने छन्।