काठमाडौँ-बोधगया बस सेवा सुरु

नेपालको राजधानी काठमाडौँ र बिहारको बोधगयाबीच बस सेवा सुरु भएको छ। नेपालका भौतिक पूर्वाधार एवम् परिवहन मन्त्री रघुबीर महेश र भारतीय राजदूत मनजीव सिंह पुरीले हिजो साँझ काठमाडौँमा नेपाल र बिहारबीचको पहिलो बस सेवाको शुभारम्भ गर्नुभयो। ४५ सिटहरू भएको वातानुकुलित डिलक्स बसले काडमाडौँ र बोधगयाबीचको ६६० किलोमीटरको यात्रा १६ घण्टामा पूरा गर्नेछ। सो बस हरेक दिन साँझ ७ बजे काडमाडौँबाट प्रस्थान गर्नेछ र दोस्रो दिन बिहान लगभग ११ बजे बोधगया पुग्नेछ। १२५० रुपियाँ बस भाडा लाग्नेछ। २०१४ –मा प्रधान मन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला दुइ मुलुकबीच मानिसहरूलाई बिना कुनै कष्ट आवगमनको सुविधा प्रदान गर्न र मानिसहरूबीच सम्पर्क तथा पर्यटनलाई बढुवा दिनका लागि मोटर वाहन सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौता अन्तर्गत सहमतिको मार्ग, यात्रा र समय सारणी अनुसार दुइ मुलुकबीच नियमित बस सेवाहरूको परिकल्पना गरिएको थियो। नेपालको तर्फबाट काठमाडौँ-बोधगयाबीच यो पाँचौँ बस सेवा हो। काठमाडौँदेखि दिल्ली र वाराणस, महेन्द्रनगरदेखि दिल्ली तथा पोखरादेखि दिल्लीसम्मका बस सेवाहरू सुरु भइसकेका छन्। जनकपुर र पटनाबीच छैठौँ बस सेवा आइतवारदेखि सुरु हुने कार्यक्रम छ।