जम्मू कश्मीरमा छुट्टा-छुट्टै कार्रवाईहरूमा ८ आतङ्कीहरू मारिए

जम्मू कश्मीरका कुपवाडा, बारामुल्लाह र जम्मूमा भएका छुट्टा-छुट्टै कार्रवाईमा ८ आतङ्कीहरू मारिएका छन्।

सीमान्त जिल्ला कुपवाडाको करेन सेक्टरमा नियन्त्रण रेखा नजिक सेनाले घुसपैठको षडयन्त्रलाई सेनाले विफल पारेपछि भएको भीषण गोली हानाहानमा तीन अज्ञात आतङ्कीहरू मारिए। सैन्य सुत्रले जानकारी दिएअनुसार नियन्त्रण रेखा नजिक सशस्त्र आतङ्कीका शवहरु थिए।

यस अघि बारामुल्लाह जिल्ला स्थित चिकीपोरा शेखपोरा सोपोर क्षेत्रमा गरिएको कार्रवाईमा जैश ए मोहम्मद गुटका दुइ आतङ्कीहरू मारिएका थिए। एकजना पुलिस प्रवक्ताले जानकारी दिएअनुसार सोपोरमा चार पुलिसकर्मी शहीद भएको आईईडी विस्फोटमा ती आतङ्कीहरू सम्बद्ध थिए।

गन्देरबल जिल्लामा भएको एक अर्को घटनामा दुइ आतङ्कीहरू मारिएका छन्।