न्यायाधीश रञ्जन गोगोई भारतका नयाँ प्रधान न्यायाधीश बन्नुहुनेछ

न्यायाधीश रञ्जन गोगोई भारतका नयाँ प्रधान न्यायाधीश बन्नुहुनेछ। विधि मन्त्रालयले बिहिवार न्यायाधीश गोगोईको नियुक्ति सम्बन्धी अधिसूचना जारी गऱ्यो।

उहाँले 2 अक्टोबरमा सेवा निवृत्त हुनुहुने प्रधान न्यायाधीश दीपक मिश्राको स्थान लिनुहुनेछ। न्यायाधीश गोगोई प्रधान न्यायाधीश मिश्रा पछि सर्वोच्च न्यायालयमा वरिष्ठतम न्यायाधीश हुनुहुन्छ। न्यायाधीश गोगोईले ३ अक्टोबरमा प्रधान न्यायाधीशको पदभार ग्रहण गर्नुहुनेछ र उहाँको कार्यकाल लगभग १३ महिना हुनेछ।

न्यायाधीश गोगोईले १९७८-देखि वकीलको पेशा सुरु गर्नुभएको थियो र विशेषगरी गुवाहाटी उच्च अदालतमा वकालत गर्नुभयो। फेब्रुअरी २००१-मा गुवाहाटी उच्च अदालतमा स्थायी न्यायाधीशमा नियुक्त हुनुभएको थियो। उहाँलाई फेब्रुअरी २०१०-मा पञ्जाब तथा हरियाणा उच्च अदालतमा सरुवा गरिएको थियो र पछि त्यहाँ प्रमुख न्यायाधीशमा उहाँलाई नियुक्त गरियो। एप्रिल २०१२-मा उहाँ सर्वोच्च अदालतमा न्यायाधीश बन्नुभएको थियो।