आज नयाँ दिल्लीमा सेना कमाण्डरहरूको सम्मेलन सुरु हुँदैछ

सेना कमाण्डरहरूको एक साता लामो सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ। सम्मेलनमा सञ्चालनसित सम्बद्ध तयारी, प्रशासन, सर-सामग्री र मानव संसाधन लगायतका थुप्रै ठूला मुद्दाहरूमा छलफल गरिनेछ।  पछिल्लो सम्मेलन अप्रिल २०१८-मा आयोजना भएको थियो।

सम्मेलनको एक भागको रूपमा सैन्य मुख्यालयका कमाण्डर र निदेशकहरूले भविष्यमा परिचालन चुनौतीहरूको सामना गर्नका लागि दिइएका महत्त्वपूर्ण अध्ययन सम्बन्धमा विचार विमर्श गर्नेछन्। यी अध्ययनको उद्देश्य सेनाको संरचनालाई सुदृढ पार्नु रहेको छ।