प्रधान मन्त्री मोदीले आईपीएस प्रोबशनरी अधिकारीहरूसित कुराकानी गर्नुभयो, पूरा लगनका साथ कुराकानी गर्न आह्वान

प्रधान मन्त्री नरेन्द्र मोदीले भारतीय पुलिस सेना- आईपीएस प्रोबेशनर अधिकारीहरूलाई समर्पित भएर कार्य गर्न र आफ्ना जिम्मेवारीहरूलाई पूरा दक्षताका साथ निर्वाह गर्न आह्वान गर्नुभएको छ। श्री मोदी सोमबार नयाँ दिल्लीमा भारतीय पुलिस सेवाको वर्ष २०१७-को ब्याचका एक सय प्रोबेशनरी अधिकारीहरूसित कुराकानी गर्दै हुनुहुन्थ्यो। प्रधान मन्त्रीले ती ३३ हजार पुलिसकर्मीहरूको बलिदानको पनि उल्लेख गर्नुभयो जसले आफ्नो जिम्मेवारी निर्वाह गर्दै प्राणको बलिदान दिएका थिए। कुराकानीको बेला सुशासन, अनुशासन र आचरण, महिला सशक्तिकरण र फोरेन्सिक विज्ञान जस्ता विषयहरूमा पनि चर्चा भयो।