प्रधान मन्त्री मोदीद्वारा आज हरियाणाको रोहतकमा पर्ने साँपलामा दीनबन्धु सर छोटुरामको सालिक अनावरण

प्रधान मन्त्री नरेन्द्र मोदीले आज हरियाणामा रोहतक जिल्लाको साँपलामा किसानहरूका मसीहको रूपमा लोकप्रिय दीनबन्धु सर छोटुरामको ६४-फीट अग्लो सालिकको अनावरण गर्दै हुनुहुन्छ, र आजनै सोनीपत जिल्लाको बाधीमा रेल कोट मरम्मत कारखानाको आधारशीला पनि राख्नु हुनेछ।

हरियाणा सरकारको प्रवक्ताले चण्डीगढमा मिडियालाई बताएअनुसार सालिकको अनावरणपछि प्रधान मन्त्रीले साँपलामा दीनबन्धु स्मृति ऱ्यालीलाई सम्बोधन पनि गर्नुहुने कार्यक्रम छ।

समारोहको दौरान प्रधान मन्त्रीले दीनबन्धु सर छोटुरामको जीवनका झल्कीहरू प्रस्तुत गर्नका लिग स्थापित सङ्ग्रहालय पनि हेर्न जानुहुनेछ।