बुढीगण्डकी जल विद्युत परियोजना चिनियाँ कम्पनीलाई सुम्पिने सरकारको कदमको नेपाली काँग्रेसद्वारा विरोध

नेपालमा १२०० मेगा वाटको बुढीगण्डकी जल विद्युत परियोजना विकसित गर्नका लागि चीन गेझूबा ग्रुप कम्पनी लिमिटेडसँग वार्तालाप  पुन: सुरु गर्ने सरकारको कदमविरुद्ध  प्रमुख विपक्षी पार्टी नेपाली कांँग्रेसले कडा प्रतिवाद गरेको छ। यो परियोजना चिनियाँ कम्पनीलाई सुम्पिने सरकारको निर्णयलाई कांग्रेस पार्टीले आश्चर्यजनक, अपारदर्शी र आपत्तिजनक बताएको छ। काठमाडौंमा केन्द्रीय कार्य समितिको बैठकपछि जारी एउटा वक्तव्यमा पार्टीले भन्यो, कुनैपनि परियोजना निर्माणका लागि त्यहाँ स्थापित प्रक्रियाहरू छन् र यी प्रक्रियाहरू अनुपालन नगरी कुनै परियोजना विदेशी कम्पनीलाई सुम्पिनु चाहिँ राष्ट्रिय हितविरुद्ध काम गर्नु हो।

पोहोर नेपाली कांग्रेस सरकारको बेला गठित अध्ययन समितिको सिफारिसअनुरूप बुढीगण्डकी परियोजनाको विकास घरेलु लगानीकासाथ गर्ने माग काँग्रेस पार्टीले गरेको छ।

यो परियोजना स्वदेशी संसाधनहरूकासाथ विकसित गर्ने शेर बहादुर देउवाको सरकारको निर्णयलाई उल्टाउँदै गत महिना प्रधान मन्त्री के.पी. शर्मा ओली नेतृत्ववादी सरकारले बुढीगण्डकी परियोजना चिनियाँ कम्पनीलाई सुम्पिनका लागि वार्तालाप पुन: सुरु गर्ने निर्णय गरेको थियो।