राष्ट्रपति कोविन्दले आज नयाँ दिल्लीमा महालेखाकारहरूको सम्मेलनको उद्घाटन गर्नुहुने

राष्ट्रपति रामनाथ कोवन्दले आज नयाँ दिल्लीमा महालेखाकारहरूको सम्मेलनको उद्घाटन गर्दै हुनुहुन्छ। एक सरकारी विज्ञप्तिअनुसार देशभरिका महालेखाकारहरूले भारतका नियन्त्रक एवम् महालेखाकारद्वारा आयोजित दुईदिने सम्मेलनमा भाग लिइरहेका छन्। सम्मेलनमा लेखा परीक्षालाई थफ प्रभावी बनाउन तथा सार्वजनिक खर्चमा जबाफदेही बढाउनमा अत्याधुनिक लेखा परीक्षा प्रविधिहरू अपनाउने बारेमा विचार-विमर्श गरिने छ।

लोकसभा अध्यक्ष सुमित्रा महाजन, लोक लेखा समितिका अध्यक्ष मल्लिकार्जुन खडगे र भारतका नियन्त्रक एवम् महालेखा परीक्षक राजीव महर्षिले सम्मेलनमा आफ्ना वक्तव्य राख्नुहुनेछ। सम्मेलनको दोस्रो दिन भोली वित्त मन्त्री अरुण जेटलीले अधिकारीहरूलाई सम्बोधित गर्नु हुनेछ। सम्मेलनमा चार मन्थन सत्रहरूमा लेखा परीक्षा नियोजन, लेखा परीक्षा क्रियान्वयन र डिजिटल वातावरणमा लेखाङ्कन जस्ता विष्यहरूमा चर्चा हुनेछ।