जम्मू एवम् कश्मीरमा शहरी स्थानीय निकाय चुनाउको दोस्रो चरणको मतदान जारी

जम्मू एवम् कश्मीरमा नगरपालिका चुनाउहरूको दोस्रो चरणको मतदान २६३ नगरपालिका वार्डहरूमा चलिरहेको छ। यसमा कश्मीर उपत्यकाका ४९ र जम्मू क्षेत्रका २१४ वार्डहरू पनि सामेल छन्।

मतदान आज बिहान ६ बजे सुरु भएको हो र यो साँझ ४ बजे समाप्त हुनेछ। राज्य सरकारले शहरी स्थानीय निकायहरूको सुगम मतदान सुनिश्चित गर्न अभूतपूर्व सुरक्षा योजना बनाएको छ। सरकारले आज मतदान हुने नगरपालिका क्षेत्रहरूमा अवकाश पनि घोषणा गरेको छ जसबाट मानिसहरू आफ्नो मतदान गर्न जान सकुन्।

राज्यमा नगरपालिका चुनाउहरू चार चरणमा  भइरहेका छन्। तेस्रो चरण १३ तारिख र चौथो चरण १६ तारिख अक्टोबरमा निर्धारित छन्।