केरल सरकारद्वारा इसरोका पूर्व वैज्ञानिक नाम्बी नारायणनलाई रु.५० लाखको क्षतिपूर्ति

इसरो-का पूर्व वैज्ञानिक नाम्बी नारायणनलाई  १९९४-मा जासुसीको मामिलामा झुट्टा रूपमा फँसाइएबापत्  हालैमा सर्वोच्च अदालतद्वारा उहाँलाई क्षतिपूर्ति दिन दिइएको फैसलाको पालना गर्दै  केरल सरकारले मङ्गलवार रु.५० लाखको क्षतिपूर्ति दिएको छ।

मुख्य मन्त्री पिनरायी विजयन-ले थिरुवनन्तपुरमको राज्य सचिवालयमा आयोजित एक समारोहमा ७६ वर्षीय नारायणनलाई रु.५० लाखको चेक प्रदान गर्नुभयो।

सर्वोच्च अदालतले सो मामिलामा केरल प्रहरीको भूमिकाको जाँच गर्ने आदेश १४ सेप्टेम्बरमा दिएको थियो र राज्य सरकारलाई आठ साताभित्रमा श्री नरायणनलाई रु.५० लाख क्षतिपूर्ति राशि दिने आदेश दिएको थियो।