नेपालको सबैभन्दा ठूलो  चाड ‘विजया दशमी’ आजदेखि सुरु

नेपालमा नवरात्री पर्व धार्मिक उत्साहले मनाइरहेको छ तथा यसकासाथै सबभन्दा ठूलो चाड दसैँको सुरुवात भएको छ। यो 15 दिने पर्व अाश्विन महिनामा मनाइन्छ।  दसैँ पर्वमा मानिसहरूले देवी दुर्गाको पूजा-अर्चना गर्ने गर्छन्। आज पहिलो दिन श्रद्धालुहरूले घटस्थापना (पारम्परिक कलश ) गरे तथा जमरा उमार्न जौं-को बीउ रोपे। जमरा उमार्ने यो उत्सव काठमाडौँस्थित सुप्रसिद्ध हनुमानढोका दशैँ घरमा पनि मनाइयो। नवरात्रीको पहिलो दिन श्रद्धालुहरू माता दुर्गालाई भक्तिभाव चडाउन मुलुकका विभिन्न मन्दिरहरू जाने गर्छन्। यो पर्वको १०-औं दिनलाई ‘बडा दशैँ’ भनिन्छ र यो दिन घरका ठूलाहरूले  परिवारमा आफुभन्दा साना  सदस्यहरूलाई निधारमा टीका लगाइ शान्ति, प्रगति र समृद्धिको कामना गर्दछन्। आफ्ना परिवार र इष्टमित्रहरूसँग दसैँ मनाउन नेपाल तथा विदेशबाट मानिसहरू आफ्ना मूल बासस्थान जाने गर्दछन्। दसैँ मनाउनका निम्ति लगभग २५ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट प्रस्थान हुने अपेक्षा छ।