बाङ्गलादेशको एउटा अदालतले राजनीतिक ऱ्याली हमलाका १९ षडयन्त्रकारीहरूलाई मृत्युदण्डको सजाय सुनायो

बाङ्गलादेशको एउटा अदालतले २००४-मा राजधानी ढाकामा एक राजनीतिक ऱ्यालीमा भएको घातक ग्रिनेड हमलाका १९ षडयन्त्रकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ।

दोषीहरूमा एकजना पूर्व मन्त्री र एकजना उप मन्त्री पनि सामेल छन्। ती दुवै तत्कालीन सत्तामा रहेको बाङ्गलादेश नेशनलिस्ट पार्टीका नेताहरू हुन्।

पार्टीका वर्तमान कार्यवाहक प्रमुख तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाइएको छ। अवामी लीग पार्टीको ऱ्यालीमा भएको ग्रिनेड हमलामा २४ जनाको ज्यान गएको थियो। अवामी लीग नेता शेख हसीना हाल मुलुककी प्रधान मन्त्री हुनुहुन्छ।