भारतकी रक्षा मन्त्री निर्मला सितारमण तीनदिने फ्रान्स यात्रामा रवाना

भारतकी रक्षा मन्त्री निर्मला सितारमण तीनदिने फ्रान्स यात्रामा पेरिसका लागि रवाना हुनुभएको छ। आधिकारिक सूत्रहरूअनुसार श्रीमती सितारमणले फ्रान्सका समकक्षी फ्लोरेन्स पारली-सित दुई मुलुकबिच सामरिक सहयोगलाई गहन बनाउने उपायहरूबारे वार्ता गर्नुहुनेछ साथै परस्पर हितका प्रमुख क्षेत्रीय एवम् वैश्विक मामिलाहरूबारे छलफल गर्नुहुनेछ।

वार्तामा दुई देशका नेताहरूले दुई मुलुकद्वारा सैन्य प्लेटफर्महरू र हातहतियारको संयुक्त उत्पादनमाथि पनि विचार-विमर्श गर्ने अपेक्षा छ। फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों विगत मार्च महिनामा भारत यात्रामा आउनुभएको थियो र त्यतिबेला दुई मुलुकले सामरिक सम्बन्धलाई विस्तारितत गर्ने र आतङ्क-रोधक सहयोगलाई गहन बनाउने निर्णय गरेका थिए। दुई मुलुकले एउटा सामरिक सम्झौता पनि गरेका थिए जसअन्तर्गत युद्धपोतहरूका लागि नौसैन्य अड्डाहरू खोल्नु लगायत एकार्काका सैन्य सुविधाहरूको प्रयोगको प्रावधान छ।