परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले ताजिकिस्तानमा शाङ्घाई सहयोग संगठनको १७औँ सि.एच.जि. बैठकमा भाग लिनु हुने

भारतकी परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले आजदेखि ताजिकिस्तानको दुशान्बेमा भइरहेको शाङ्घाई सहयोग संगठनको सरकार प्रमुखहरूको परिषदको दुईदिने बैठकमा भाग लिनुहुनेछ।

श्रीमती स्वराजले बैठकका सीमित साथै विस्तारित दुवै प्रारूपमा भाग लिनुहुनेछ।

सरकार प्रमुखहरूको परिषद बैठक एक यस्तो मञ्च हो जसमा भारत शाङ्घाई सहयोग संगठनका सदस्य मुलुकहरू र पर्यवेक्षक मुलुकहरू अफगानिस्तान, बेलारुस, इरान र मङ्गोलियासित संलग्न हुनमा सक्षम हुन्छ। किर्गिजस्तानले संगठनको अध्यक्षको रूपमा कार्यभार सम्हालेपछि यो पहिलो प्रमुख बैठक हो।

नेताहरूले शाङ्घाई सहयोग संगठनको थप विकासका सम्भावनाहरूबारे छलफल गर्नेछन् र वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाहरूमाथि गहन विचार-विमर्श गर्नेछन्।