सरकार गङ्गा नदीको निरन्तर प्रवाह र स्वच्छताको दिशामा कार्यरतः गडकरी

केन्द्रीय मन्त्री नितिन गडकरीले सरकार गङ्गा नदीको निरन्तर प्रवाह र स्वच्छताको दिशामा कार्यरत छ भन्नुभएको छ।

बुधवार नयाँ दिल्लीमा मिडियाकर्मीहरूलाई ई-गङ्गा प्रवाह अधिसूचनाबारे जानकारी दिँदै  श्री गडकरीले नदीका ४० सहायक नदीहरूमा पनि काम भइरहेको बताउनुभयो।

उहाँले अगाडि भन्नुभएअनुसार यमुना नदीमा ३४ परियोजनाहरू र दिल्लीमा १२ परियोजाहरू आयोजित गरिएको छन्। केन्द्र सरकारले नदी प्रवाहका तलतिर सिंचाई र जलविद्युतका लागि नदी प्रवाहलाई घुमाइने परियोजनाहरूमा न्यूनतम पर्वावरणीय प्रवाहको लागि अधिसूचना जारी गरेको छ।

पर्यावरणीय प्रवाहको अर्थ स्वीकार्य प्रवाह व्यवस्था हो जो नदीलाई अपेक्षित पर्यावरणीय अवस्था वा पूर्व-निर्धारित अवस्थामा अक्षुण्ण राख्नका लागि आवश्यक हुन्छ। श्री गडकरीले नदिको ई-प्रवाहसम्बन्धी अधिसूचनाले नदीको निरन्तर प्रवाह सुनिश्चित गर्नमा ठूलो काम गर्नेछ।

अविरल एवम् निर्मल गङ्गाप्रति सरकारको वचनबद्धतामाथि पुनः बल दिँदै श्री नितिन गडकरीले गङ्गा ऐनको मस्यौदा मन्त्रिपरिषदको स्वीकृतिका लागि चाँडै नै पठाइने जानकारी दिनुभयो।