कौशल विकास एक निरन्तर प्रक्रिया हुनु पर्दछः उपराष्ट्रपति वेंकैया नायडू

भारतका उपराष्ट्रपति एम. वेंकैया नायडूले कौशल विकास एक निरन्तर प्रक्रिया हुुनु पर्दछ र नवोन्मेषहरूले जनताको जीवनलाई बढी राम्रो बनाउनमा मद्दत गर्नु जरुरी छ भन्नुभएको छ।

बुधवार तमिलनाडुको पोल्लाचीमा एउटा शैक्षणिक संस्थानको समारोहलाई सम्बोधन गर्दै श्री नायडूले  बढ्दो शहर-ग्रामीण फाटोमाथि चिन्ता व्यक्त गर्दै जनताको लाभका लागि शैक्षणिक संस्थानहरू, निर्बाध बिजुली आपूर्ति, खाने पानीसम्म पहुँच र  सुपथ मूल्यमा चिकित्सा संस्थानहरू जस्ता शहरी सुविधाहरू सृजना गर्नु पर्ने आवश्यकतामाथि बल दिनुभयो।

भारत सरकार युवा भारतका सपना र आकाङ्क्षाहरूप्रति अत्यन्तै संवेदनशील छ र देशका युवाहरूलाई सहायता दिन, पोषित गर्न र सशक्त बनाउनका लागि यसको शक्तिभित्र रहेको सबै सम्भव प्रयास गरिरहेको छ।

तमिलनाडुकै डिन्डिगुलमा एउटा अर्को शैक्षणिक संस्थानमा उपराष्ट्रपतिले महात्मा गान्धीका विचारहरूको अविनाशी मूल्य रहेको र कुुनैपनि समयमा प्रासङ्गिक रहने बताउनुभयो। उहाँले शिक्षकहरू, डक्टरहरू, इन्जिनियरहरू र अन्य पेसावालहरूलाई ग्रामीण इलाकाहरूमा सेवा प्रदान गर्नमा गर्व र सम्मान महसुस गर्न भन्नुभयो।

यसैबिच, उपराष्ट्रपति हिजो साँझ चेन्नईमा दुईदिने यात्रामा पुग्नुभएको छ। उहाँले शहरमा आज चार समारोहहरूमा भाग लिनुहुने कार्यक्रम छ।