युवा ओलम्पिक खेलः १० मिटर एयर पिस्तोलमा सौरभ चौधरीले जिते स्वर्ण

अर्जेन्टिनामा जारी युवा ओलम्पिक खेलअन्तर्गत १० मिटर एयर पिस्तोल स्पर्धामा भारतका खेलाडी सौरभ चौधरीले स्वर्ण पदक जितेका छन्।

अर्जेन्टिनाको ब्यूनस आयर्समा हिजो १६ वर्षीय खेलाडी चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दीको भन्दा साढे सात अङ्क बढी ल्याएर स्वर्ण पदकमाथि कब्जा जमाएका हुन्।

युवा ओलम्पिक खेलको इतिहासमा भारतको यो तेस्रो स्वर्ण पदक हो र ती सबै तीन स्वर्ण पदकहरू ब्यूनस आयर्सको यसै संस्करणमा प्राप्त भएको हो।