एसियाली प्यारा खेलमा धनुकाँड निसानाबाज हरविन्दर सिंहले भारतलाई सातौँ स्वर्ण पदक दिलाए

जकार्तामा चलिरहेको एसियाली प्यारा खेलमा बुधवार धनुकाँड निसानाबाज हरविन्दर सिंहले पुरूष व्यक्तिगत रेकर्व स्पर्धामा स्वर्ण पदक जितेका छन्। ट्र्याक तथा फिल्ड स्पर्धामा पनि भारतीय खेलाडीहरूलाई रजत पदक र कांस्य पदक  प्राप्त भएको छ।

भारतीय खेलाडी हरविन्दरले डब्ल्यू-२/एसटी वर्गको फाइनलमा चीनका झाओ लिछ्यू-लाई ६-०-ले पराजित गरेर स्वर्ण हात पारेका हुन्। यो स्वर्ण प्राप्त भएसंगै भारतको झोलीमा कुल ७ स्वर्ण पदक भएको छ।

मोनु घन्गासले पुरूष डिस्कस थ्रो एफ-११ वर्गमा रजत पदक जिते भने मोहम्मद यासिरले  पुरूष शट पुट एफ-४६ वर्गमा कांस्य पदक हात पारेका छन्।