मालदिभ्स सत्तारूढ पार्टीद्वारा राष्ट्रपति चुनाउको परिणाम विरूद्ध सर्वोच्च अदालतमा चुनौती

मालदिभ्समा राष्ट्रपति अब्दुल्ला यामीनको सत्तारूढ प्रोग्रेसिभ पार्टी अफ मालदिभ्सले २३ सेप्टेम्बरका चुनाउ परिणामहरू विरूद्ध सर्वोच्च अदालतम चुनौती दिएको छ। पार्टीले भनेको छ, मतदानमा धाँधली, धोखाधडी र भ्रष्टाचारका गम्भीर आरोपहरू चिन्ताका विषय हुन्।

चुनाउ आयोगले पार्टीका यी आरोपहरू खारेज गर्दै विपक्षी उम्मेदवार इब्राहिम मोहम्मद सोलिहलाई विजयी घोषित गरिसकेको छ। राष्ट्रपति यामीनको पाँच वर्षिय कार्यकाल नोभेम्बर १७ तारिख समाप्त हुनेछ र श्री सोलिहले कार्यभार सम्हाल्नुहुनेछ।