इण्डोनेशियाको जाभा र बाली द्वीपमा आएको भूकम्पमा तीनजनाको मृत्यु

इण्डोनेशियाको जाभा र बाली द्वीपहरूमा ६.०-को तीव्रताको भूकम्पमा तीनजनाको मृत्यु भएको छ। एकजना सरकारी प्रवक्ताले जानकारी दिएअनुसार पूर्व जाभाको सुमेनेप जिल्लामा भवन भत्किएर कैयौँ मानिसहरू पुरिएका छन्।

प्राप्त जानकारी अनुसार भूकम्पको झट्का दुइसय किलोमीटर टाडा सुराबायामा पनि महसूस गरिएको छ। भूकम्पको केन्द्रविन्दु जाभा द्वीपदेखि लगभग ४० किलोमीटर टाडा बाली समुद्रमा रहेको बताइएको छ।